काठमाण्डौ । यो साता सुनको भाउमा गिरावट आएको छ । यो साता एक दिनमात्र सुनको भाउ बढेको थियो भने बाँकी ५ दिन ओरालो लागेको छ। यो साताभरि सुनको भाउ तोलामै २ हजार ७०० रुपैयाँले ओरालो लागेको छ।

गत शुक्रबार प्रतितोला फाइन गोल्ड ९० हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यो शुक्रबार चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेको छ। योसँगै चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँ कायम भएको छ। बिहीबार पनि चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३३५ रुपैयाँ कायम भएको थियो। यो साताभरि चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ। गत शुक्रबार प्रतितोला चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।