सरकारसँग वार्ता गर्न विप्लव तयार (पत्रसहित)

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सरकारसँग वार्ता गर्न तयार देखिएको छ । शनिबार विज्ञप्ति सार्वजनिक गर्दै विप्लवले सहज रुपमा गतिविधि र कार्यक्रम गर्ने वातावरण बने सरकारसँग वार्ता हुने बताएका हुन् ।

विप्लवले आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने अवस्था बने सरकारसँग वार्ता गर्न सकारात्मक भएको विज्ञप्तिमा उल्लेख गरेका हुन् । सरकारले प्रतिबन्ध फुकुवा गरे वार्ताका लागि सकारात्मक रहेको सन्देश विप्लवले विज्ञप्तिमार्फत् दिएका हुन् ।

‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल हो’, शनिबार विप्लवले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।