महान्यायाधिवक्ता अग्नि खरेलद्धारा राजीनामा

काठमाडौ । प्रधानमन्त्रीका कानुनी सल्लाहकार तथा महान्यायाधिवक्ता अग्नि खरेलले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएको छन् । झिल्को डटकमले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षको वचाउ व्यवस्थित ढङले सर्वोच्च अदालतमा राम्ररी नसकेको भन्दै खरेललाई झपारे पछि उनले पदबाट राजीनामा दिएको समाचार प्रकाशित गरेको छ ।

महान्यायाधिवक्ता खरेलले राजीनामा दिएपनि उनको राजीनामा स्वीकृत नभएको बताइएको छ । झिल्को विशेष स्रोतको प्रयोग गरेर यो समाचार प्रकाशित गरेपनि अन्य मिडियामा भने यसबारे अहिलेसम्म कुनै समाचारहरु प्रकाशित भएका छैनन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला