सभामुख र पूर्वप्रधानमन्त्रीले पनि लगाए कोरोना विरुद्धको खोप



काठमाडौं । वर्तमान सभामुख तथा विभिन्न पूर्व प्रधानमन्त्रीहरुले कोरोना विरुद्धको खोप लगाएका छन् । पूूर्वप्रधानमन्त्रीद्वय पुुष्पकमल दाहाल प्रचण्ड र माधवकुुमार नेपाल, सभामुुख अग्निप्रसाद सापकोटाले आज कोभिड–१९ सङ्क्रमणविरुद्धको खोप लगाएका हुन् । मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुुगेर आज उनीहरुले कोरोनाविरुद्धको पहिलो खोप लिएका हुन् ।

त्यसअघि आजै बिहान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले खोप केन्द्रमा पुगेर त्यहाँको व्यवस्थापनलगायत विषयको जानकारी लिँदै विशिष्ट व्यक्तिलाई स्वागत गरेका थिए । प्रतिनिधिसभाको आगामी आइतबारदेखि शुुरु हुने सातौँ अधिवेशनमा सहभागी हुुने मन्त्रिपरिषद्का सदस्य, सांसद, सङ्घीय संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई खोपको व्यवस्था गरिएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला