काठमाडौं । सरकार र सरकारद्धारा प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको नेकपाबीच तेस्रो चरणको वार्ता भएकाे छ । आजै यसअघि दुई चरणका वार्ता भएकोमा बुधबार साँझ तेस्रो चरणको वार्ता भएको स्रोतले जनाएको छ ।
दुइ पक्षीय वार्ताका विषय दुवै पक्षले गोप्य राखेका छन् । दोस्रो चरणको वार्तापछि सरकारी पक्षले वार्ता सकरात्मक रुपमा अघि बढेको जनाएको छ । भोलिसम्म दुवै पक्षले सहमतिमा हस्ताक्षर गर्ने गरी तयारी गरिरहेको बताइएको छ । दुई पक्षबीच भएका छलफलका विषयहरु गोप्य राखिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।