असोज ६ । मलेसिया सरकारले अवैध रुपमा बस्दै आएका विदेशीमाथि धरपकड तिब्र पारेपछि नेपालीहरुको पनि बेहाल हुन पुगेको छ ।
मलेसियाको अध्यागमन विभागले सेप्टेम्बर पहिलो साताबाट व्यापक धरपकड थालेपछि अवैध बसेका नेपाली कामदारले स्वदेश फर्कन दूतावासबाट ट्राभल डकुमेन्ट बनाउनुपर्ने हुँदा त्यसमा भने नेपाली दूतावासले भ्रष्टचार गरेको छ ।

स्वदेश फर्कन लागेका नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासका कर्मचारीले ‘ट्राभल डकुमेन्ट’ बनाउन अनधिकृत पैसा उठाएको खबर नागरिक दैनिकले छापेको छ ।

दूतावासका द्वितीय सचिव चक्र सुवेदी र कर्मचारी कृष्ण विष्टले अनधिकृत रुपमा रकम उठाइरहेको नेपाल फर्किएका कामदार र मलेसियामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाले आरोप लगाएको छ ।

दूतावासका कर्मचारीले पैसाका लागि धेरै दुःख दिने गरेको गुनासो पछिल्लो पटक बढेर गएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।