असोज ६ । कोक, फ्यान्टा र स्प्राइट पिउनेहरुले होस गर्नुपर्ने भएको छ ।

बोटलर्स नेपालले उत्पादन यी पिय पदार्थमा मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने अखाद्य बस्तु फेला परेका छन् ।

काठमाडौंको कपन, बिशालनगर, नयाँबानेश्वर, डिल्लीबजार, ललितपुरको मंलबजारलगायतका स्थानमा रहेका किराना पसलमा बेच्न पठाइएका कोक, फ्यान्टा र स्प्राइटका बोतलमा लेदो फलामका टुक्रा, प्लाष्टिकजस्ता मानव स्वास्थ्यमा गम्भीर असर पर्ने अखाद्य बस्तु फेला हुन् ।

बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रबाट उत्पादन गरेका कोक, फ्यान्टा र स्प्राइटका बोतलमा दिनहुँजसो लेदो, प्लाष्टिक, खिया लागेका फलामका टुक्रा भेटिन थालेको आजको राजधानी दैनिकमा खबर छ ।

पसलको फ्यान्टामा लेदो भेटिएको भन्दै बिहिबार त्यस क्षेत्रका व्यापारीले बोटलर्स कम्पनीमा उजुरी गरेका छन् । तर उजुरी लिएर गएका व्यापारीलाई कार्यालयमा प्रवेश गर्न समेत नदिएर गेटबाटै फर्काईएको व्यावसायीले गुनासो गरेको खबरमा उल्लेख छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।