काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुहिएको अण्डा भएको जनाएका छन् । शनिबार आयोजित ‘पार्टी समायोजन तथा पार्टी प्रवेश’ कार्यक्रममा सम्बोधन गरेका उनले माओत्से तुङको भनाइलाई सन्दर्भ बनाउँदै प्रधानमन्त्री ओलीलाई अण्डासँग तुलना गरेका हुन्।

‘एकचोटी माओत्से तुङले बिग्रेका कम्युनिस्टका बारेमा भन्दा सरल उदाहरण दिनुभएको थियो, अण्डा स्वास्थ्यका लागि राम्रो हुन्छ। प्रोटिनयुक्त हुन्छ। धेरै चिज प्राप्त हुन्छ। राम्रो कुरा हो। तर, अण्डा कुहियो भने त्योभन्दा गन्हाउने चिज अरु केही पनि हुँदैन। कम्युनिस्टहरु राम्रा हुन्छन्। तर, गन्हाउन थाले र बिग्रिन थाले, कुहिए भने त्योभन्दा नराम्रो कोही पनि हुँदैन। केपी ओली त्यही कुहिएको अण्डा हो’, प्रचण्डले भने, ‘कुहिएको, गन्हाएको अण्डा त खाँइदैन नि त, त्यसलाई गाडिन्छ। या जलाइन्छ।’

सोही कार्यक्रममा माधवकुमार नेपालले केपी ओलीले फुर्ति देखाउने दिन गएको बताएका छन्। उनले ओलीलाई राजीनामा दिन आग्रह गरे। ‘राजीनामा दिनुस्, नैतिकताको सानो अंश भए पनि देखाउनुस’, उनले भने, ‘धेरै फूर्ति नदेखाउनुस्, फुर्ति देखाउने दिन गए।’ उनले अहिले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताए। त्यसका लागि प्रतिगमनका विरुद्ध उभिएकाहरु एकै ठाउँमा उभिनुपर्ने नेपालको भनाइ छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।