असोज ५  । ज्येष्ठ जन समाजले ८० वर्ष उमेर नाघेका २ वृद्धलाई सम्मान गरेको छ ।


समाजको १२ औं वार्षिक साधारणसभाको अवसरमा प्रा.डा. लाल देउजा राई र जगन्नाथ जोशीलाई सम्मान गरिएको संस्थाकी अध्यक्ष रामवदन जोशीले जानकारी दिए ।

संस्थानले वृद्ध वृद्धाको सम्मान र सचित हेरचाहको लागि काठमाडौंको गोकर्णमा वृद्धाश्राम र बालाजुको वनस्थलीमा दिवा हेरचाह केन्द सञ्चालन ल्याउने लागेको ज्येष्ठ जनसमाज न्यासः समितिका अध्यक्ष प्रा.डा. श्यामसुन्दरभक्त माथेमाले बताए ।

समिति र सदस्यहरुबाट सहयोग रकम सङकलन गरेर उक्त कार्य गरिने समाजका सचिव नातीकाजी महर्जनले जानकारी दिएका छन् । समाज व्यस्त बन्दै गएपछि वृद्धवृद्धाहरुलाई घरमा एक्लै वस्न गाह्रो भएकोले यस्ता संस्थाहरु आवश्यक भएको महर्जनको भनाइ छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।