काठमाडौं । साताको अन्तिम दिन आज सुनको भाउ घटेको छ। हिजो बढेर कारोबार भएको सुनको मूल्य शुक्रबार आज तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो। आज छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन सुन तोलामा ६०० रुपैयाँले बढेको थियो। शुक्रबार तेजाबी सुनको मूल्य भने प्रतितोला ८५ हजार ७५० रुपैयाँ तोकिएको महासंघको तथ्यांकले देखाउँछ।

साताभरमा सुन प्रतितोला ६०० रुपैयाँले बढोत्तरी भएको छ। अघिल्लो साताको शुक्रबार सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँ तोकिएको थियो। त्यसयता भने सुनको मूल्यमा घटबढ भइरहेको छ। यस साताको उच्च कारोबार मूल्य बिहीबार रहेको थियो। सो दिन सुन प्रतितोला ८६ हजार ८०० रुपैयाँमा किनबेच भएको हो। यसैगरी मंगलबार न्यूनतम मूल्य प्रतितोला ८५ हजार ६०० रुपैयाँ तोकिएको थियो। सुनसँगै चाँदीको भाउ पनि यस दिन गिरावट भएको छ। आज चाँदी तोलामा १५ रुपैयाँले घट्दा प्रतितोला एक हजार २७० रुपैयाँमा किनबेच भइरहेको छ। बिहीबार चाँदी तोलामा १५ रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार २८५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।