ओलीले हटाए भिम रावल, लेखराज भट्टलाई प्रदेश इन्चार्जको जिम्मेवारी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले भीम रावललाई एमाले सूदूरपश्चिम प्रदेश इन्चार्जबाट हटाएका छन् । उनको स्थानमा लेखराज भट्टलाई ल्याइएको छ । भट्ट हालै मात्र नेकपा माओवादी केन्द्र छाडेर ओली समूहमा प्रवेश गरेका थिए ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले शुक्रबार प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेका हुन् । सातै प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गर्ने क्रममा बागमती र सुदूरपश्चिम प्रदेशको नेतृत्व पूर्वमाओवादी नेताले पाएका छन् । बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापालाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनाराण मण्डल, गण्डकीमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल र कर्णालीमा यमलाल कडेँल एमाले इन्चार्ज बनेका छन् । त्यसैगरी बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।