काठमाडौं । आज आइतबार देशका विभिन्न भागमा मौसम बदली हुने सम्भावना छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशका केही भूभागमा पानी पर्ने सम्भावनासमेत रहेको छ । दिउँसो पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली हुनेछ । बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका केही ठाउँमा भने आज दिउँसो र राति मेघ गर्जन, चट्टयाङसहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साँझ पख प्रदेश १, बागमतीका साथै गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनरचट्टयाङ्रहुरीको सम्भावना भएकोले सतर्क रहनसमेत महाशाखाले सचेत गराएको छ।
Comments







