Tuesday, July 28, 2026
Home हेलाे विशेष यी हुन नेपाली ट्याक्सी चालकलाई दुर्व्यवहार गर्ने युवती (फोटोफिचर)

यी हुन नेपाली ट्याक्सी चालकलाई दुर्व्यवहार गर्ने युवती (फोटोफिचर)

काठमाडौँ । अमेरिकामा नेपाली ट्याक्सी चालकलाई दुर्व्यवहार गर्ने मध्येकी एक युवती पक्राउ परेकी छन् । ट्याक्सी चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने २४ वर्षीया मलेसिया किङ नामक युवती पक्राउ परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । कतिपय सञ्चारमाध्यमहरुले भने अर्की युवती अर्ना किमीअई पनि पक्राउ परेको लेखेका छन् ।
गत सोमबार तीन युवतीले चालक खड्कालाई दुर्व्यवहार गरेको भिडियो भाइरल भएको थियो। खडकाले ती युवतीलाई मास्क लगाउन आग्रह गरेपछि ती युवतीहरूले दुर्व्यवहार गरेका थिए।

दुर्व्यवहारमा संलग्न दायाबाट मलेसिया किङ र अर्की युवती अर्ना किमीअई ।

उनले मार्च ८ का दिन अमेरिकाको सान फ्रान्सिस्को बेभ्यू क्षेत्रबाट ती तीन यात्रुलाई गाडीमा चढाएका थिए। उनले ती मध्येकी एक युवतीलाई मास्क लगाउन आग्रह गरेपछि उनीहरुले अश्लील गाली र शारीरिक हमला समेत गरेका थिए। उनले खड्काको मोबाइलसमेत खोसेकी थिइन्।
यात्रुले मास्क नलगाएपछि शुभाकरले विनम्रतापूर्वक आफूले ट्रिप रद्द गर्न लागेको भन्दै उनीहरुलाई गाडीबाट ओर्लिन भनेका थिए। भिडियोमा ती युवतीहरूले उनलाई गाली गर्ने, उनको अगाडि मास्क हल्लाउने, उनलाई कुटपिट गर्नेदेखि उनको फोन चोर्ने प्रयास गरेका थिए।
तल उल्लेखित तस्बीरहरु चालक खड्कामाथि दुर्व्यवहारमा संलग्न ती युवती मध्येकी अर्ना किमीअईको हो । तस्बीरहरु सामाजिक सञ्जाल तथा विभिन्न अनलाइनहरुबाट लिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।