काठमाडाैं । हिजाे बढेको सुनको भाउ आज सोमबार स्थिर रहेको छ। यस दिन सुन आइतबारकै भाउमा खरिदबिक्री भइरहेकाे छ। आज छापवाला सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको भाउ प्रतिताेला ८६ हजार १५० रुपैयाँ तोकिएको छ। आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएर प्रतितोला आजकै मूल्यमा किनबेच भएको थियो।
सोमबार सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ वृद्धि भएको छ। यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। चैत महिनाको पहिलो दिन चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार २७० रुपैयाँ तोकिएको महासंघको तथ्यांकले देखाउँछ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।