काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । अब मंगलबारबाट यसको सेयर कारोबार खुला हुनेछ । ग्रीनलाइफको न्यूनतम ९९ रुपैयाँ ६७ पैसादेखि अधिकतम २९९ रुपैयाँ १ पैसाभित्र पहिलो कारोबार हुनेछ । नेप्सेले ओपनिङ रेन्ज न्यूनतम ९९ रुपैयाँ ६७ पैसादेखि अधिकतम २९९ रुपैयाँ १ पैसा तोकेको हो । जीएलएच संकेतमा यसको कारोबार खुला हुनेछ । ग्रीनलाइफको चुक्ता पुँजीका आधारमा कायम कुल १ करोड ८० कित्ता सेयर सूचीकरण गरिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।