काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संसद विघटन गरेर निर्वाचनमा जानुपर्ने आशय व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलिय बैठकमा प्रधानमन्त्री ओलीले संसद भंग गर्न दलहरूसँग सुझाव समेत मागेका छन् । ओलीले संसद् चल्न नसकेको र सरकारले काम गर्न नसकेका कारण संसद् भंग गरेर मध्यवधि निर्वाचन जानुपर्ने तर्क गरे ।
ओलीको यस्तो तर्कमा अन्य नेताहरुले भने सिँधै विरोध जनाएका छन् । ओलीको भनाइको प्रतिवाद गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपतिले बोलाएको सर्वपक्षीय बैठकमा राजनीतिक विषय प्रवेश गर्न नहुने भन्दै विरोध जनाए । अन्य नेताहरुले पनि संसद भंग गरेर निर्वाचनमा जानुपर्ने ओलीको भनाईको विरोध गरेका थिए ।
Comments