असोज ४ । एमाओवादीले  कतारकी राजदुत  मायाकुमारी शर्मालाई  फिर्ता बोलाउने निर्णय  गरेको छ ।

कतार सरकारले नै  नेपाली राजदूत  शर्मालाई  तुरुन्त फिर्ता बोलाउन नेपाल सरकारलाई दबाब  दिएपछि शुक्रबार प्रचण्ड निवास लाजिम्पाटमा बसेको  एमाओवादी केन्द्रीय कार्यालयको बैठकले फिर्ता बोलाउने  निर्णय  भइसकेको बताइएको छ ।

 एमाओवादीले  पार्टीको नै वेइज्जत गरेको ठहरसहित उनलाई फिर्ता बोलाउने निष्कर्ष  लिएको बताइएको छ । शर्मा राजदूत नियुक्त भएर गएदेखि राजदुतको कामप्रति बफदार नभएको नेपाली कामदारको  पक्षमा काम गर्न नसकेको  र बिभिन्न  समयमा  बिवादमा  आइरहेकोले  गर्दै शर्मालाई  फिर्ता बोलाउने  सहमत  भएको लाजिम्पाट स्रोतले जानकारी  दिएको छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।