हिजो बढेको सुनको मूल्य आज बिहीबार पनि बढ्यो

काठमाडाैं । हिजाे बुधबार उच्च रुपमा बढेको सुनको भाउले बिहीबार पनि निरन्तरता पाएको छ । वैशाख ९ गते सुन तोलामा २०० रुपैयाँले वृद्धि भएको हो । यस दिन छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन तोलामा एक हजार ३०० रुपैयाँले उकालो लागेर प्रतितोला ९२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बिहीबार सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३३५ रुपैयाँमा किनबेच हुँदैछ । बुधबार पनि चाँदी तोलामा १० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ३१० रुपैयाँ तोेकिएको थियो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला