नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवारलाई समर्थन

अप्रिल १७ का दिन न्युयोर्कको कुईन्स स्थित ज्याक्सन हाईट्सको डाइभरसिटी प्लाजामा सिटी काउन्सील डिष्ट्रिक २५ का उम्मेदवार Yi(Andy) Chen को समर्थनका लागि सांस्कृतिक कार्यक्रम सहितको समर्थन कार्यक्रम भव्यताका साथ सफल भएको छ । समर्थन कार्यक्रममा हेवेन्ली पाथ अमेरिकाकी सभापति सुकुरुम्दाली राईको समुहले उम्मेदवार Yi(Andy) Chen लाई नेपाली टोपी, व्याच, माला र खादा लगाई समर्थन र सम्मान सहित ज्याक्सन हाइट वरिपरी परिक्रमा पश्चात डाइभरर्सिटी प्लाजामा पुगेर कार्यक्रमको सुरुवात गरिएको थियो ।

कार्यक्रम YI(Andy) Chen Campaign Deputy Manager दिपेन्द्र लामाले नेपाली र अंग्रेज़ी दुबै भाषामा संचालन गर्दै आफु YI(Andy) Chen Campaign मा लाग्नुका कारण नेपाली समुदायलाई अमेरिकी राजनीतिमा उत्प्रेरित गराउन, नेपाली सामुदायिक भवन निर्माणमा टेवा पुर्याउन,सरकारी निकायमा नेपाली मुलका प्रतिनिधित्व गराउन साथै आर्थिक बिकास र पहिचानको निमित्त लड़ने प्रतिबद्धता सहित YI(Andy) Chen ले नै Campaign मा लाग्न अग्रसर गराएको जानकारी गराउदै कार्यक्रम संचालन गरेका थिए।

YI(Andy) Chen Campaign को Nepalese American Program Manager नेपाली मुलकी सुजना राईले स्वागत मन्तव्य राख्दै राईले सिटी काउन्सीलका उम्मेदवार Yi(Andy) Chen नेपालीका लागि मात्र नभई अन्य देशबाट आएर डिष्ट्रिक २५ मा बस्ने सबैका लागि उत्तम उम्मेदवार र सबैका हकहितमा काम गर्न सक्ने व्यक्तित्व रहेको बताएकी थिइन् ।

त्यसै गरी डिष्ट्रक २५ का सिटी काउन्सील उम्मेदवार Yi(Andy) Chen जिताउ अभियानका नेपाली समुदायका लागि प्रचार प्रसार समिति नेपाली समुदायका अग्रज केशब राम राई ज्यूको संयोजकत्वमा १०१ सदस्य सहितको प्रचार प्रसार समिति गठन गरेको घोषणा गरेका थिए । उक्त कार्यक्रममा राईले Yi(Andy) Chen ले नेपाली समुदायहरुको लागी Blood Donation Program मा PPE बितरण, हरेक हप्ता खाना बितरण, खेलाडिहरुलाई प्रोत्साहन स्वरुप खेल्कुद सामग्रि बितरण, सर्वसाधारणहरुलाई लत्ता-कपडा बाड्ने जस्ता कार्य गर्नुका साथै बिभिन्न कार्यहरुमा अग्रसर भएर कार्य गर्दै आईरहेको र नेपाली समुदाय संग धेरै नै नजिक रहेर सहयोग गर्दै आई रहेको कारणले गर्दा मैले समर्थन गरोको हुं भनि मन्तव्य राखेका थिए भने कार्यक्रमको अध्यक्षता पनि राईले नै गरेका थिए।

कार्यक्रममा बिभिन्न संघ संस्थाहरुको अध्यक्षहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा NRNA ICC का पुर्व DRC तथा वर्तमान NRNA का संरक्षक नबिन शेरचन, प्रवासी नेपाली एकता मंच (ONUF) का अध्यक्ष टेक गुरुङ ,प्रवासी नेपाली एकता मन्च (ONUF) कै बरिष्ठ उपाध्यक्ष यम मोक्तान ,जन सम्पर्क समितिका अध्यक्ष आनन्द बिष्ठ र नेपाल आदिबासि जनजाति महासंघ अमेरिका (FIPNA) का अध्यक्ष लोक चेमजोंग ले शुभकामना मन्तव्य सहित समर्थनको प्रतिबद्दता जाहेर गर्नु भएको थियो ।

कार्यक्रममा एनआरएनए अमेरिकाका पुर्वक्षेत्रिय उपसंयोजक तथा हालका संरक्षक नविन शेरचनले अमेरिकी मुलधार राजनीतिमा प्रवेश गर्नु सबैको आवश्यक्ता रहेको बताउँदै भावि सन्ततीलाई यसमा समावेश गराउन जरुरी रहेको भन्दै Yi(Andy) Chen का लागि भोट मागेका थिए । त्यसैगरी प्रवासी नेपाली एकता मन्चका अध्यग्क्ष टेक गुरुङले Yi(Andy) Chen नेपाली समुदायसँगको धेरै कुरामा नजिक रहेर सहकार्य गर्दै आएको बताउँदै अन्य उम्मेदवारको हिसावमा उनी योग्य र आवश्यक व्यक्ति रहेकोले सबैले सहयोग गर्नुपर्ने बताउदै सबैमा भोटका लागि अपिल गरेका थिए ।

जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले छिमेकी मुलुक चीनका नागरिक नेपाली समुदायसँग धेरै कुरामा मिल्दो जुल्दो भएकाले उनलाई विजयी बनाउन सबैले सहयोग गर्नुपर्ने बताउँदै Yi(Andy) Chen ले नेपाली मुदायको ठूलो समर्थन पाएको हुनाले चुनाव जिति सकेको भन्दै बधाई तथा जितका लागि अग्रिम शुभकामना दिएका थिए ।

कार्यक्रममा जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष लोक चेम्जोङले अमेरिकी मुलधारको राजनीतिमा नेपाली समुदायले पनि चासो र प्रवेश गर्नु अहिलेको आवस्यकता रहेको भन्दै सबैको सहयोग लिँदै र दिँदै अगाडि बढ्नुपर्ने बताए । चेम्जोङले सधै चन्दा उठाएर मात्र संस्था चलाउने नभएर सिटी गभर्मेन्टबाट पनि सहयोग लिने वातावरण बनाउनु पर्छ त्यसैले Chen संग सहकार्य गर्दै यदि हामीले जिताउन सफल भयौ भने नेपाली समुदायको ठुलो जित हुनेछ भनि भोटको अपिल गरेका थिए।

त्यसैगरि कार्यक्रमको अन्तमा Yi(Andy) Chen ले मन्तव्य राखेका थिए। मन्तव्यमा यस्तो विशेष परिस्थितिमा पनि नेपाली समुदायबाट यस्तो भव्य कार्यक्रम आयोजना गरेर समर्थन गरेको भन्दै सबैलाई धन्यवाद दिँदै खुसी व्यक्त गरेका थिए । उनले अहिले कोरोना महमारीका कारण सबै प्रभावित भएको, धेरैको व्यवसायमा समस्या देखिएका तथा पछिल्लो समयमा ‘एसियन हेट’ को समस्या ज्यादै बढेको भन्दै सबै मिलेर यो समस्या समाधानका लागि लाग्नु पर्ने बताए ।‘हाम्रो जिल्लामा धेरै काम गर्नु छ त्यस कामका लागि म अघि बढेको छु,’ उनले भने, ‘ संसारको जुन सुकै कुनाबाट आएर अमेरिकामा बसेको भए पनि सबै मिलेर बस्नु पर्ने र सबै मिलेर कम्युनिटीको हितमा काम गर्नु पर्छ । अपाङ्गता भएका, वृद्धवृद्धा बालबालिका तथा शिक्षाका लागि हामीले अझै धेरै काम गर्नु छ ।’

उनले सबै मिलेर कम्युनिटीलाई बलियो बनाउनु पर्ने जोड दिदै। YI (Andy) Chen ले नेपाली समुदायको निम्ति आवश्यक हरेक कुरामा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । नेपाली भाषा, सस्कृति, संस्कार संरक्षण मात्र नभई बिभिन्न सरकारी निकायमा सहजताको लागि नेपाली सामुदायिक भवन निर्माण गर्ने, सरकारी निकायमा प्रतिनिधित्व गराउनको निम्ति कम्तिमा एकजना कार्यलयको प्रशासनमा नियुक्ति दिने, आर्थिक बिकासका लागि कार्यक्रमहरु आयोजना गरि साना ब्यबसायहरुलाई सहयोग गर्ने र नेपालीहरुका लागि अमेरिकामा अमेरिकी सरकार “Nepal Day” को लागि पहल गर्नुका साथै बिल कोर्ने कार्य सुरु गरिसकेको र यहि बर्षको अन्त्य सम्ममा governer बाट बिल पास गराउने प्रतिबद्धता गरेका थिए। त्यति मात्र नभई उनले नेपालीहरुका लागि खेलकुद मैदान तथा खेलकुद क्षेत्रका लागि सहज र सजिलो हुने गरी योजना अगाडि बढाउने, पार्कहरुको व्यवस्थाका लागि आवश्यक योजना बनाउने लगायतका विभिन्न काममा आफु लागि पर्ने प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा वरिष्ठ गायिका बसन्ती राई र सुवर्ण शाक्यले विभिन्न गीत गाएर रमाइलो गराएका थिए भने रोशन राई र फुर्साङ्ग तामाङले नृत्यु प्रस्तुत गरेका थिए। साथै हेवेन्ली पाथ अमेरिकाको टिमले “प्राण रहुन्जेलसम्म अरुको सेवा गर्न पाउ” भन्ने भावसहितको लभिजम एन्थम सुनाएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।