काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिए फेरि पनि संसद विघटन गर्ने धम्कीपूर्ण भाषा दिएका छन् । विश्वासको मतका लागि जारी संसद बैठकमा उनले संसद राम्रोसँग सञ्चालन गर्ने भए आफूलाई विश्वासको मत दिन भन्दै धम्कीपूर्ण शब्द प्रयोग गरेका हुन् ।

उनले सुरुमा विश्वासको मत नदिए आफूले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने बताए पनि पुनः पछि भने संसद फेरि पनि विघटन हुन सक्ने संकेत गरेका छन् । ‘अलिअलि परिस्थिति मैले पनि देख्या छु । कसको उपस्थिति छ, कसको छैन रु किन उपस्थित छ, किन छैन रु ती पनि बुझ्या छु’ उनले भने ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।