काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विश्वासको मत गुमाएका छन् । विश्वासको मतका लागि संसद भवनमा आज भएको संसदीय निर्वाचन प्रक्रियाले उनले ९३ मत मात्र प्राप्त गरेका छन् । एमालेको १२१ सांसद सदस्य रहेकोमा माधव–झलनाथ समूहले समेत उनलाई मतदान गरेनन् ।
प्रस्तावको पक्षमा ९३ परेकोमा विपक्षमा १२४ मत परेको छ भने तटस्थमा १५ मत परेको छ । संसदमा मतदान प्रक्रियामा २३२ सांसदकाे उपस्थिति रहेकाे थियाे । प्रधानमन्त्रीले विश्वासको मत गुमाएसँगै अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।