काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण बागमती प्रदेशका सांसद एवं एमाले नेता पशुपति चौंलागाईको निधन भएको छ ।
कोरोना संक्रमणपछि मनमोहन अस्पतालमा उपचाररत चौंलागाईंको केहीबेरअघि निधन भएको हो । उनी गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
Comments







