काठमाडौं । किटको अभावमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको पिसिआर परीक्षण रोकिए पछि निजी क्षेत्रबाट खोलिएको ‘बिध ल्याब’ ले सहयोगको हात अघि बढाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई बिथ ल्याबले दुई हजार थान एक्सट्रयाक्सन किट सहयोग गरेको हो । किटको अभावमा अस्पतालको पीसीआर परीक्षण स्थगित गर्ने अवस्था आएपछि सर्वसाधरण समस्यामा पर्ने देखेर मानवीयताको आधार निःशुल्क सहयोग गरिएको ल्याब सञ्चालक बिके भण्डारीले जानकारी दिए । पिसिआर उपलब्ध भएकाले अवरुद्ध परीक्षण सुचारु गर्न सहयोग पुग्ने अस्पतालले जनाएको छ ।