काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार साँझ ५ बजे निधन भएको हो ।

ललितपुरको इमाडोल घर भएका उनी दुई हप्तादेखि टेकु अस्पतालमा उपचाररत थिए । कोरोना संक्रमणकै कारण रौतहट जिल्ला अदालतमा नासु पदमा कार्यरत कर्मचारी अनुठा राय यादवको पनि बुधबार नै निधन भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।