काठमाडौं । काम चलाउ सरकारका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई फकाउन कारबाही फुकुवा गर्ने नीति लिएका छन् । उनले माधव सहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेका छन् ।

आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो ।

पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो । माधव समुहले संयुक्त रूपमा राजिनामा दिने तयारी गरिरहेकाे छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।