अत्यन्तै मर्माहत छु साथिहरू! साँझ ५:४९ बजे आज तेस्रो दिनमा कोठामा आएको मात्र के थिएँ फेरी हस्पिटलबाट फोन आयो ‘सर, अक्सिजन सकिनै लाग्यो!’


‘कसरी!’ आज त हामीहरुलाई ५० सिलिण्डरका दरले ४-४ घण्टामा दिने हैन र!


‘हो सर, तर ४ बजे आउनुपर्ने Gas अझै आएन। सर कम्पनीमा सोधिदिनुहोस् न किन आएन? अब १५ मिनेटलाई मात्र पुग्छ।’


मैले कम्पनिको owner सँग फोन गर्छु, ‘…..जी खैत आज पनि त्यस्तै भो किन? बिरामी त मर्छन् केहिबेरमा यदि supply भएन भने त।’


‘४ बजे नै आउनुपर्ने किन ढिला भयो त?’


ऊ-सर हजुरहरुलाई राखेको Oxygen Cylinder पुलिसको ठूलो मान्छेहरु आएर लिएर गए।


हामीले के भन्ने सर, जबरजस्ती गरेपछि!


म ट्वाँ ! (रिस र पिडाले रुन मात्र सकिन)


म; अब के हुन्छ?


ऊ: हैन सर १० वटा पठइदिहाल्छु।


म: यार तपाई ! मानिसहरु Ventilator मा छन्, oxygen बिना एक मिनेट रहन सक्दैनन्, खेलाँची सम्झनु हुन्छ यो मानव जीवनलाई! ती मानिसको मृत्यु भएमा जिम्मेवार को? तपाई कि म! कि ती ‘ठूला पुलिस’ ?


ऊ-सर त्यो त म के भनुँ।


नि:शब्द !


त्यस पछि गृह सचिवज्यूलाई फोन गरेँ र भनेँ, यो देशमा पुलिसको दादागिरी चल्दो रैछ हैन सचिवज्यू? , बरु मेरो अस्पताल तिनैलाई जिम्मा लगाइदिनुहोस् सर, मलाई हटाइदिनुस्!


उता: ….. यस्तै हो .. म बुझ्छु …..!!


पिडा छ हजुर


जीवनमा डाक्टर भएँ ! मानव जीवनलाई माया गरेँ। आँखै अगाडि धेरै मृत्यु देखिरहेको छु, मजस्तै जीवनहरु तिमीहरुलाई बचाउँन सकिन, माफ गर
हार्दिक श्रद्दान्जली प्रिय जीवनहरु!


-(ट्रमा सेन्टरका निमित्त निर्देशक डा सन्तोष पौडेलले सामाजिक सञ्जालमा राखेको अनूभव)


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।