सिन्धुपाल्चोक डुबानमा, बाढीले सातको मृत्यु

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण सिन्धुपाल्चोकमा सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिएका छन् ।

सिन्धुपाल्चोकमा बाढी पहिरोबाट कति धनजनको क्षति भएकोबारे अहिले पनि विवरण आउन सकेको छैन । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ । जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगेको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

हेलम्बुबाटै उर्लिंदै आएको मेलम्चीले आठवटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क पनि बगाएको छ । पहिरोका कारण फसिरहेका दुई जनाको भने हेलिकप्टरबाट उद्धार गरिएको छ । त्यहाँ अहिले पनि बाढी पहिरो सामान्य भइसकेको छैन ।