एन्फाले दियो फुटबल खेलाडीलाई २ लाख ५० हजार

 भदौ ३१ ।  साफ च्याम्पियनसिप राष्ट्रिय फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले  आज सम्मान गर्ने  गरेको छ ।

एन्फाले दशरथ रंगशालामा आयोजित  एक कार्यक्रममा  सम्पुर्ण फुटबल खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँको  चेक प्रदान गरेर सम्मान गरेको हो ।

 उक्त कार्यक्रममा एन्फा अध्यक्ष गणेश थापाले नेपाल प्रतियोगिताको  उत्कृष्ट टिम  हुदाँ हुदै पनि  सानो  गल्तीले हार  बेहोर्नपरेकोमा  दु:खी  भएको  बताएका  थिए।

  यस्तौ नेपाली  टिमका व्यबस्थापक ललितकृष्ण श्रेष्ठले अबका दिनमा  सम्पुर्ण खेलाडीहरु  उत्कृष्ट प्रदर्शन कायम  राखेर  अर्कोपटक  साफ ट्रफी  जित्नु पर्ने  आवश्वकता रहेको बताए ।

  जारी सिजनमा  नेपाल सेमिफाइनलमा अफगानिस्तान संग १ -० ले  हार पछि सेमिफाइलनबाट बाहिरीन  पुगेको  थियो । नेपाल  साफ च्याम्पियनसिपमा सेमिफाइनल सम्म पुगेपनि एन्फाले टिकट बेचेर मात्र  २ करोडभन्दा बढी रकम संकलन गरेको  थियो । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।