भदौ ३१ । आज देखी  इन्द्रजात्रा पर्व  काठमाडौ उपत्यकामा  सुरु भएको छ । भक्तपुरको चित्तपोलबाट लिङ्गो लाएको  वसन्तपुरस्थित हनुमानढोका दरबारमा  ठड्याइएपछि जात्रा सुरु हुने  परम्परा  रहको छ ।

 आज इन्द्र जात्राको  सुरुको दिन उपत्यकाका नेवार समुदायले काँचो माटोको दियोमा बत्ति बालेर उपाकु पर्व मनाउने गर्छन् । महायानी बौद्ध धर्मावलम्बीहरुले मृत्यु भएका आफन्तजको आत्माको चीर शान्तिका लागि चोक चोकमा दियो बालेर नगरको बाहिरी सिमाको परिक्रमा  गराउने धार्मिक  परमपरा  रहेको छ ।

बसन्पुरमा  रहेको  हनुमानढोकाको कालभैरव मन्दिरमा  इन्द्रध्वजा बाधी लिंगो ठड्याइए पछि  बिधिवत रुपमा आजबाट जात्रा सुरु गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।