भदौ ३० । भारतले आज लमो दुरीको परमाणु क्षमता भएको १७ मिटर लामो मिसाइल अग्नि ५ को पुन : सफल परिक्षण गरेको छ ।
यस अग्नी- ५ ले १००० किलो परमाणु हतियार लैजान सकिने ५००० किलोमीटर भन्दा बढि मार हान्न सकिने अधिकारीहरुले बताएका छन।
भारतले आज बिहान साढे ८ बजे उक्त मिसाइल परिक्षण गरेको रक्षा मन्त्रालय जनाएको छ। यस मिसाइलमा प्रयोग भएको राडरबाट भएका प्रत्येक डाकाको विश्लेषण गरी अध्यन गर्न सकिने बताइएको छ ।यस मिसाइल भारतको रक्षा अनुसंधान र विकास संगठन (डीआरडीओ) निमार्ण गरेका हुन ।
भारतले अग्नी- १ को ७०० किलो मिटर मार हान्न सकिने मिसाइल बाट सुरु गरेको मिसाइल निरन्तर रुपामा बढाउदै अग्नी -५ सम्म पुग्दा ५००० किलो मिटर सम्म मार हान्न सक्ने मिसाइल बनाउन सफल भएको छ
यस भन्दा अघि भारतले पहला परीक्षण १९ अप्रैल, २०१२ मा पनि यसको परिक्षण गरिसकेको थियो ।
Comments