भदौ ३०  ।  नेपालको  ए डिभिजन क्लब संकटाकाले  आफनो  साधारण सभा बाट क्लबलाई  प्राइभेट लिमिटेड कम्पनीमा  लौजाने  निर्णय गरेको छ ।

६० वर्ष पार गरेको उक्त क्लबले व्यावसायिक फुटबल  बिकास र  नाफा कमाउने उद्देश्य प्रालिमा जान  लागेको संकटाका अध्यक्ष इन्द्रमान तुलाधारले बताएका छन् ।

 यसैगरी  क्लब प्रालीमा  गएपछि   फुटबलका लागि भौतिक पूर्वाधार निर्माण ,फुटबल विकासमा आफ्नै मैदान निर्माण, एकेडेमी स्थापना  गर्ने  योजना  रहेको जनाएको छ ।
अहिले  पनि क्लबले वार्षिक २५ लाखभन्दा बढी आम्दानी गरिरहेको छ  भने  प्रालीमा  गएर यसलाई अझ नाफामूलक बनाउने ब्लबका अध्यक्ष तुलाधारले  बताएका छन् । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।