काठमाडौं । नेकपा एमालेका २२ जना सांसदले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएका छन् । माधव नेपाल पक्षका साथै अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदले समेत देउवालाई विश्वासको मत दिएका हुन् । सांसद रामकुमारी झाँक्रीले एमालेका २२ जना सांसदले नेता नेपालसँगै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको बताएकी छिन् ।
देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् । त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।
Comments





