प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ मत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएका छन् । विश्वासको मतका लागि आइतबार संसद भवनमा भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री देउवाको पक्षमा १६५ मत प्राप्त भएको छ भने उनको विपक्षमा ८३ मत परेको छ । तटस्थमा एक मत परेकाे छ ।

आज प्रतिनिधि सभामा दुई सय ४९ जना सांसद उपस्थित थिए। देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमालेका केही सांसदले मत दिएका हुन्। एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका केही सांसदले पनि देउवालाई विश्वासको मत दिएका थिए। सर्वोच्चले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्वीप नलाग्ने व्याख्या गरेको थियो।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला