काठमाडौं । विदेश जानेहरुका लागि कोरोना विरुद्धको खोप पाउन महाभारत जस्तै बनेको छ । सरकारले ५५ वर्षमाथिका नागरिक, शिक्षक, छुटेका स्वास्थ्यकर्मी तथा विदेश जाने नागरिकका लागि खोप अभियान सञ्चालन गरेपनि विदेश जानेहरु दिनभरी लाइनमा बस्दा पनि खोप पाउन मुस्किल परेको पाइएको छ ।

अमेरिकी सरकारले दिएको एक डोजमात्र लगाए हुने जोनसन एण्ड जोनसनको खोपका लागि विदेश जानेहरुले रुची राखेका छन् । तर, सर्वसाधरण तथा लक्षित वर्गको ठूलो लाइनका कारण विदेश जानेहरु समस्यामा परेका छन् ।

सोमबार बिहानै प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको अमेरिकी खोप काठमाडौंमका ४४ वटा केन्द्रबाट ४ गतेदेखि ६ गतेसम्म लगाउने निर्णय सरकारले गरेको छ । विदेश जानेहरुका लागि छुट्टै व्यवस्था नहुँदा विदेश जानेहरु समस्यामा परेका हुन् । विदेश जानेहरुले छुट्टै लाइनको व्यवस्था गर्न माग गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।