कालो ढुसीबाट भारतमा ४३०० भन्दा बढीको मृत्यु

काठमाडौँ — भारतमा कालो ढुसी(ब्ल्याक फंगस) को संक्रमणबाट ४ हजार ३ सयभन्दा बढीको मउत्यु भएको छ । विशेषगरी कोरोना संक्रमितमा देखिने कालो ढुसीबाट अहिलेसम्म भारतमा ४५ हजार ३ सय ७४ जना संक्रमित भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याणमन्त्री मनसुख माण्डवीयले जानकारी दिएका छन् ।

कालो ढुसीले नाक, आंखा र मस्तिष्कमा असर पुऱ्याउने चिकित्सकको भनाइ छ । चिकित्सकहरुका अनुसार कोरोना भाइरसबाट संक्रमणमुक्त भएको १२ देखि १८ दिनपछि कालो ढुसीको संक्रमण देखिने सम्भावना हुन्छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

बीबीसीका अनुसार अहिले पनि भारतमा झन्डै २२ हजार कालो ढुसीका संक्रमित उपचाररत रहेका छन् ।कालो ढुसीको संक्रमणबाट महाराष्ट्र र गुजरात सबैभन्दा बढी प्रभावित राज्य हुन् । यी दुई राज्यमा १७८५ को कालो ढुसीको संक्रमणबाट मृत्यु भएको छ।