भदौ २८ । सुनको मूल्य नेपालमा आज पनि ओरालो लागेको छ ।
साताको अन्तिम दिन सुनको मूल्यमा आज प्रतितोला १ हजार रुपैया घटेर कारोबार भईरहेको छ ।
हिजो तोलाको ५६ हजार ८ सय रहेको सुनको मुल्य आज १ हजार घटेर ५५ हजार ८ सय कायम भएको हो ।
यसैगरी, आज चाँदी प्रतितोला ९ सय ४० रुपैयामा किनबेच भइरहेको छ ।



