भदौ २८ । विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले  पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आयल निगमको कार्यालय घेराउ गरेका छन् ।

 विहान ९ बजेदेखि ११ बजेसम्म निगमको केन्द्रीय कार्यालय बबरमहल १४ विद्यार्थी संगठनमा आबद्ध विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै धर्ना दिएका छन् ।

निगमले महिनादिनमै दोस्रो पटक गत मंगलबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि त्यसको चौतर्फी विरोध भईरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।