भदौ २८ । सर्लाहीको सदरमुकाम मलंगवामा रहेको नापी कार्यालय अगाडी  बम विस्फोट  भएको छ ।

विस्फोटमा  १२ जना सर्वसाधारण घाइते भएका छन् । घाइतेहरु मध्ये ३ जनाको अवस्था गम्भीर  रहेको  प्रहरीले जनाएको छ । घाइतेहरुहरुको  अहिले  मलंगवा जिल्ला अस्पतालमा  उपचार भइरहेको छ ।

विस्फोटको  कारण र कसले गराएको भन्ने बारे खुल्न सकेको छैन ।

 विस्फोटपछि  प्रहरीले अनुसन्धान  तिब्र पारेको छ ।  विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।