भदौ  २८ । अन्तराष्ट्रिय फुटबल महासंघ फिफाको वरीयतामा नेपाल अहिले  ७  औ स्थान माथि आएको छ ।  यस सग्गै  नेपाल  १ सय ६३ औ स्थानमा पुगेको छ ।

 फिफा  वरियतामा नेपाल दक्षिण एसियाली  देशमा भने  चौंथो स्थानमा  परेको छ ।  पहिलो स्थानमा अफागनिस्तान कायमै रहेको छ ।  माल्दिभ्स दोस्रो  र भारत तेस्रोमा परेको छ ।भारत यसपटक  फिफा वरियतामा  १० स्थान तल  झर्दै  १ सय ४२ स्थानमा पुगेको छ ।
 यसै गरी बंगलादेश १ सय ६६ औं स्थानमा , पाकिस्तान १ सय ७० औं  स्थान  र भुटान २ सय ७ औ स्थानमा  रहेका छन् । एसियाली  देशमा  जापानको   पहिलो स्थानमा कायमै  रहेको छ ।
विश्व फुटबलमा  फिपा  वरीयतामा  स्पेनको  पहिलो स्थानमा छ भने दोस्रो अर्जेन्टिना र  जर्मनी तेस्रो स्थान रहेका छन ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।