काठमाडौं १५ मंसिर

उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापालाई २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन जित हासिल गर्न सहयोग पुग्ने गरी सरकारले मतदाता प्रभावित पार्न एउटा महत्वपूर्ण निर्णय गरेको छ ।
निर्वाचन मिति तोकिएसँगै सरकार काम चलाउ बनेपनि मतदाता रिझाउन सरकारले भने विकास निर्माण सम्बन्धी निर्णय गरेको हो ।

बिहीबार बसेको मन्त्रीपरिषद बैठकले हेटौंडा बजारमा सडक विस्तारसम्बन्धी निर्णय गरेर मतदाता रिझाउने काम गरेको हो ।

सरकारले पूर्वपश्चिम र त्रिभुवन राजपथको रुट नै परिर्वतन गरेर हेटौंडा बजार छल्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले मकवानपुरको रातोमाटे-चौकीटोल सडकखण्डलाई पूर्व-पश्चिम राजमार्ग र त्रिभुवन राजपथबाट हटाउने निर्णय गरेको छ । रातोमाटेबाट राप्ती पुलसम्मको ३ किलोमिटर बाइपासलाई अब मुख्य राजमार्ग बनाइनेछ ।

यो निर्णयसँगै अब हेटौंडा बजारभित्र राजमार्गमा पर्नेछैन । यसअघि बजारमा राजमार्ग परेपछि घर जग्गा समेत जाने भएपछि केही स्थानीयले भने विरोध समेत गर्दै आएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।