भदौ १८  । संयुक्त राष्ट्र संघ अनुसार सिरियामा  चलिरहेको द्धन्द्धले  अहिले सम्म २०  हजार भन्दा बढि मानिसहरु  घरवार बिहिन भएको जनाएको छ ।
 सिरियामा  पछिल्लो छ महिनामा दोहोरो अंकमा व्यक्ति  बिस्थापन हुने क्रम रहेको बिसिसीले जनाएको छ। संयुक्त राष्ट्र संघको एक  प्रतिबेदन अनुसार  सिरियामा  अहिले सम्म ५० लाख  भन्दा बढि  मानिसहरु  विस्थापनको  सिकार  भइसकेका छन । जुन  सिरियाको कुल  जनसख्याको एक  तिहाई जनसख्या हो ।  मानिसहरु  गाउँ छोडेर  जाने क्रम ह्वात्तै  बढिरहेको छ ।
 विस्ताथितहरुलाई हेरीरहेको संयुक्त राष्ट्र संघका  राजदूत एन्टोनियो गुतेरेसका अनुसार  विस्थापित  भएका हरुको  अवस्था दिन प्रतिदिन  नाजुक बन्दै गएको छ र उनीहरुको स्वास्थ्य तथा  खानपानमा  पनि संकट  आइरहेको बताइएको छ । 
 पछिल्लो समय सिरियामा रासायनिक हतियारको प्रयोग भएको  भन्दै बिदेशी समुदायहरुले चर्को बिरोध  गर्दै  आएका छन्।
सन् २०११ बाट सुरु भएको गृहयुद्धमा सिरियामा अहिले सम्म एक लाख भन्दा बढिको ज्यान गएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।