भदौ १६ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले यथास्थितिको निर्वाचनको विरोध गरिरहेको मोहन वैद्य समूहलाई चुनावमा उम्मेदवारी दिने दिनसम्म कुर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अन्तिम क्षणसम्म पनि उनीहरू चुनावमा नआएमा भने जसरी पनि चुनाव गराएरै छाड्ने बताए ।
कार्यक्रममा उनले निर्वाचनको विरोध गरिरहेका दलहरुलाई सहमतिमा ल्याउन सक्दो प्रयास गर्ने पनि जानकारी दिए ।
सो अवसरमा उनले संविधानसभा निर्वाचनपछि ६ महिनाभित्र संविधानको रूपरेखा तयार गर्ने र एक वर्षभित्र संविधान जारी गर्ने नेपाली काँग्रेसको मार्गचित्र पनि प्रस्तुत गरे ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।