भदौ १२ । भारतको  नयाँदिल्लीस्थित एक गेष्ट हाउसमा अनिता महर्जन  नामकी  नेपाली युवती मृत  फेला परेकी छिन् ।
उनको साथमा रहेको  नेपाली नागरीकता अनुसार खोजी गर्दा उनको वास्तिविक  ठेगाना अझै पत्ता  लागेको छैन ।
नक्कली नागरिकताका  सथमा लिएकी युवतीको १५ दिनअघि हौसखासस्थित एक गेष्ट हाउसमा मृत भेटिएकी  थिईन । उनको  नागरीकता अनुसार केही प्रमाण  नभेटीएपछि उनको शव वेवारिसे बनेको छ ।
अहिले अनिताको शव अखिल भारतीय मेडिकल इन्स्टिच्युटमा राखिएको छ र उनको शब अहिले सम्म कसैले नबुझेकाले बेवासिसे भनी  जलाउने तयारी  भएको बताइएको छ ।
उनको साधमा भेटिएको नागरीकता अनुसार काठमाडौं जिल्ला प्रशासनबाट २०६८ जेठ ४ मा प्रतिलिपी नागरिकता लिइएको र यसको नम्बर २७१०६०/३३३६२/७०९७ का आधारमा थप खोजी–अनुसन्धान भईरहेको छ । 
नागरिकतामा जिल्ला प्रशासनका प्रशासकीय अधिकृत श्रीनाथ पौडेलको हस्ताक्षर रहेको  छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।