भदौ १२ । नेपाली महावाणिज्य दूतावास खोल्नका लागि चीनले ससर्त सहमति जनाएको छ ।

दक्षिण चीनको व्यापारिक सहर ग्वान्झाओमा दूतावास खोल्ने प्रस्तावमा चीनले सहमति जनाएको हो ।

बेइजिङमा सोमबार भएको नेपाल–चीन परराष्ट्र मन्त्रालय स्तरीय संयुक्त परामर्श संयन्त्र बैठकमा चीनले नेपालको प्रस्तावमा सहमति जनाएको थियो ।

तर चीनमा नेपालको चौथो मिसनका रूपमा ग्वान्झाओमा दूतावास खोल्नुपर्ने कारणबारे काठमाडौंले लिखित जवाफ पठाएपछि मात्र बेइजिङले अन्तिम निर्णय दिने सर्त राखेको नागरिक दैनिकमा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।