काठमाडौं ५ मंसिर ।

 माओवादी केन्द्रले आज (मंगलबार) देशभरीका सबै निर्वाचन क्षेत्रमा शोकसभा गर्ने भएको छ ।

माओवादी केन्द्रले चुनावी अभियानकै क्रममा सबै निर्वाचन क्षेत्रहरुमा शोक सभा गर्ने निर्णय गरेको नेता सोर्य सुवेदीले जानकारी दिए ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको सोमबार अध्यक्ष निवास लाजिम्पाटमा बसेको बिस्तारित बैठकले आज चुनावी अभियानकै क्रममा सबै निर्वाचन क्षेत्रहरुमा शोक सभा गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रले पूर्व निर्धारित सबै सभाहरुमा शोकसभालाई जोड्ने पनि निर्णय गरेको छ । यसैबीच, हृदयघातका कारण आइतबार मात्र एक मात्र छोरा प्रकाश दाहालको निधनपछि पुत्र शोकमा रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल चितवनमा गरिने शोकसभामा सहभागी हुनेछन् ।

पूर्व निर्धारित आमसभामा उनी सहभागी हुने भएका छन् । उक्त आमसभालाई नेकपा एमाले अध्यक्ष ओली लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।