भाद्र ९ । सर्लाहीको मुर्तीया गाविसमा जंगली हात्तीको आक्रमणबाट आज  एक जनाको मृत्यु भएको छ ।
 दाउरा लिन गएका ६० वर्षीय गोल्छे सार्कीको हात्तिको आक्रमणबाट मृत्यु भएको  प्रहरीले  जनाएको  छ । सिन्धुली घर भएका सार्की मूर्तियामा बस्दै आएका थिए ।घट्नास्थलमा हात्तिका पाइला देखिएको  थियो ।
 यो समेत हात्तिको आक्रमणबाट दुई महिनाको अवधिमा सर्लाहीमा ५ र सिमावर्ती महोत्तरीमा १ जनाको मृत्यु भइसकेको छ । जंगली हात्तीको आतंकले सर्लाही र सिमावर्ती महोत्तरीमा आतंकले स्थानिय त्रसित  भएका छन ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।