भदौ ८ । काठमाडौको डिल्लीबजार स्थित एन्जल्स गर्ल्स होस्टलको झ्यालबाट प्रवेश गरि गर्ल्स होस्टलबाट बिभिन्न किसिमका ल्यापटप तथा मोवाईल समेतका धनमाल चोरी गर्ने कार्यमा संलग्न रहेको तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले रौतहट धरमपुरका सुवोध साह, दोलखा नाम्दु ५ दिपक बोगटी र भारत सितामडी बयामुहान पुर्नेयाका दिनेश दाशलाई चोरीका समान सहित महानगरीय प्रहरी, अपराध महाशाखा, हनुमान ढोकाबाट गएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
Comments








