भदौ ८ । अखिल नेपाल फुटबल संघको १४ औं बार्षिक साधारणसभा तथा निर्वाचन कार्तिक ७ मा हुने भएको छ ।
एन्फाको निर्वाचनबाट ३१ सदस्य कार्यसमिति चयन हुने छ ।
संघको कार्यालय सातदोबाटोमा एन्फा अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको कार्यकारीणी समितिको बैठकले सो निर्णय गरेको हो ।
निर्वाचनका लागि अधिवक्ता केशब भट्टराईको संयोजकत्वमा रामेश्वर श्रेष्ठ र राजाराम ढकाल रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको एन्फाले बताएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।