भोजपुर, २ मंसिर ।
    भोजपुरको उत्तरी षडानन्द नगरपालिकामा वम विस्फोट हुँदा ३ जना घाइते भएका छन् ।  षडानन्द नगरपालिका–१३ वोयाको भिरथाप्लो भन्ने ठाउँमा राखेको बम विष्फोट भएको हो ।

    वामगठवन्धनको चुनावी सभालाई लक्षित गरि राखिएको वम विस्फोट हुँदा नेपाल प्रहरीका असई उमेश मेहता, प्रहरी जवान देव नारायण यादव र एमाले कार्यकर्ता विक्रम राई घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने जानकारी दिए ।

उनिहरुलाई उपचारको लागि सदरमुकाम ल्याइदै गरेको उनको भनाई छ । वम विस्फोट पश्चात दोहोरो गोली हानहान समेत भएको न्यौपानेले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।