फिलिपिन्सका एक ह्याकरले सोसल नेटवर्किंग साइट फेसबुकको जुन सुकै फेसबुक प्रयोग कर्ताको  पोस्टमा  जे पनि  पोस्ट गर्न सक्ने  दाबी गरेका छन् ।
यसैगरी ह्याकरले  फेसबुकको मालिक मार्क जुगरवर्गको एकाउन्ट नै ह्याक गरेर उनको वालमा नै पोस्ट गरीदिएका छन् ।
 ह्याकरले फेसबुकलाई यसको  बारेमा पटक -पटक बताए ।  तर उनको कुरा कसैले नसुनेपछि  उनले  फेसबुकका मालिककै फेसबुक एकाउन्ट ह्याक गरेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।
यसैगरी  उनले ज्‍युकरवर्गको साथी गडिनको  वालमा  पनि पोस्ट गरीदिएका छन् ।
खालिल नाम बताउने उक्त  ह्याकरले  फेसबुकको  सुरक्षा समूहलाई  ईमेल  पठाएर  भनेका थिए- ‘मेरो नाम  खालिल  हो ।  म  इनफर्मेशन सिस्‍टममा  व्याचलर गरेको छु  र facebook.com लाई एक नयाँ ब्लग बनाउन चाहन्छु ।’ खालिलले  ज्‍युकरवर्गको  वालमा  लेखेका छन  तपाईको  गोपनियता  भङग  गरेकोमा माफी चाहन्छु ।
यसपछि फेसबुक  टीमले खालिललाई  सम्पर्क  गरेर  जुगरवर्गको  पेज कसरी ह्याक गरेको भनेर सोधपुक्ष गरेको बताइएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।